अदालत जतिकै न्याय सम्पादनमा मिडीयाको भुमीका छ : मुख्य न्यायधिस सुवेदी

रोशन घर्ती/

तुल्सीपुर,चैत्र,२५-

उच्च अदालत तुल्सीपुरका मुख्य न्यायधिस नहकुल सुवेदीले जतिकै न्याय सम्पादनमा मिडीयाको भुमीका रहने वताउनु भएको छ। तुल्सीपुरमा आज आयोजीत एक कार्यक्रममा प्रमुख अतिथिका रुपमा वोल्दै मुख्य न्यायधिस सुवेदीले यस्तो कुरा वताउनु भएको हो ।

तुल्सीपुरमा संचालीत सञ्जीवनी एफ.एम.को तेस्रो स्थापना दिवस तथा पुरस्कार वितरण समारोहमा वोल्दै प्रमुख अतिथि मुख्य न्यायधिस सुवेदीले अदालतले गरेका त्रुटी सच्याउन सकीने भएपनी मिडीयाले गरेका गल्तीहरु सच्याउन सकीने संभावना कम भएकाले मिडीयाहरु अझ वढी संवेदनशिल हुनुपर्ने वताउदै यसलाइ सवैले महसुस गर्न जरुरी रहेको वताउनु भयो ।

मुख्य न्यायसिध सुवेदीले लोकतन्त्रलाइ जिवन्त राख्न मिडीयाको महत्वपुर्ण भुमीका रहेको वताउदै मिडीयाहरु लोकतन्त्रका रक्तसञ्चार रहेको जिकीर गर्नुभयो ।‘ मुख्य न्यायधिस सुवेदीले आम नागरिकमा अदालत जानु नपरे हुन्थ्यो भन्ने मान्यता रहेको वताउदै अदालत जनताको पहुँच भन्दा बाहिर छ भन्ने बुझाइ चिर्न मिडियाले आवश्यक भूमिका खेल्न आवश्यक रहेको वताउनु भयो।

अदालतको सेवालाई सहज र सरल बनाउन ४० प्रकारका निवेदन निशुल्क उपलब्ध गराउँदै आएको समेत वताउनु भयो। मुख्य न्याधिस सुवेदीले न्याय प्रणाली दरिलो नभए जनताले समृद्धि प्राप्त गर्न नसक्ने वताउदै सम्वृद्धिका लागि प्रभावकारी न्याय प्रणाली आवश्यक पर्ने जिकीर गर्नुभयो।

उहाँले पूर्वी रुकुमवाट दाङ र दार्चुलावाट काठमान्डौं न्यायका लागि जानुपर्ने बाध्यताको अन्त्य गरिनुपर्ने वताउदै त्यसैका लागि देशभर न्यायिक समिति गठन भएको समेत वताउनु भयो। राजनीतिक पृष्ठभूमिवाट आएका व्यक्तिहरु न्यायिक समितिमा रहेको हुँदा त्यसलाई निष्पक्ष रुपमा कार्य सम्पादन गर्न आवश्यक रहेको उनको धारणा थियो । 

त्यस्तै कार्यक्रमलाई सम्वोधन गर्दै माननिय न्यायाधिस गोकर्ण डाँगीले हिजोको भन्दा आज धेरै परिवर्तन भएको हुँदा संघीय संरचना अनुसार स्थानीय तहदेखि प्रदेशले आफ्नै कानुन बनाउँदै गरेको हुँदा अब नयाँ ढंगले अगाडि बढ्नुपर्ने समय आएको वताउनु भयो। यसमा प्रभावकारी भुमीका मिडीयाले खेल्नुपर्ने वताउनु भयो ।