शितगंगा ४ का वडा अध्यक्ष दामोदर अधिकारी बिवादमा उपभोक्ताहरुद्धारा बाटो निर्माणमा अवरोध

अर्घाखाँची,चैत,२४-
विकास निर्माणको वाहानमा बाटोघाटो निर्माण गर्ने सामुदायिक वन तथा अन्य प्राकृतिक असन्तुलन ल्याउन खोजेको स्थानियहरु तथा वन उपभोक्ताहरुले गुनासो गरेका छन् । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. ४ मा बाटोघाटोको सुविधा हुदाँहुँदै पनि अनावश्यक बाटो निर्माण गर्ने खोजेको र वन विनाश गर्न खोजेका वन उपभोक्ताहरुले आरोप लगाएका छन् । उनिहरुले यस्ता कार्यहरुमा स्थानिय जनप्रतिनिधिहरुको संलग्नता हुने र यस्ता समस्याहरुको समाधान पनि उनिहरुलेनै गर्नुपर्ने बताएका छन्  ।
 
शितगंगा नगरपालिका वडा नं. ४ मा भेडामारे –मोरङघाट बाटो र शितलपाटि –भाबिन मोरङघाट बाटो निर्माण हुने क्रममा छन् । उक्त  शितलपाटि –भाबिन मोरङघाट बाटो निर्माण गर्दा शितलपाटि सामुदायिक वनको करिव २०० मिटर विनाश हुने देखिन्छ । वन उपभोक्ताहरुले विकासको नाममा वन विनाश गर्न खोजेको भन्दै वन कार्यालयमा सम्र्पक गरे त्यसपछि वनका कर्मचारिहरु पनि आएर अवलोकन गरेका थिए । त्यसपछि वन अधिकृतले वडाअध्यक्ष दामोदर अधिकारिलाई अहिले तत्कालका लागि यो कार्य रोक्नका लागि आदेश दिएपछि बाटो निर्माणका लागि लगाईएको जेसिबि पनि फर्काइएको छ ।
 
तर सुरु गरिएको विकासको कार्य यत्तिकै रोक्न नमिल्ने र सम्पुर्ण उपभोक्ताको सहमतिमा बाटो निर्माण गरिने शितगंगा नगरपालिका वडा नं. ४ का वडाअध्यक्ष दामोदर अधिकारिले बताएका छन् । उनले वनजङ्गल तथा अन्य प्राकृतिक स्रोत र साधनहरुको संरक्षण गर्ने जिम्मा भएकाले यस्ता निर्माणका कार्यहरु गर्दा विशेष ध्यान दिईएको बताएका छन् । उनले शितलपाटि सामुदायिक बनको विनाश हुन नदिने प्रतिबद्धता पनि ब्यक्त गरेका छन् । उनले भने, “ उक्त शितलपाटि सामुदायिक बन जोगाउँनका लागि प्राविधिक खटाएको र वनका कर्मचमरिहरु पनि आएर अवलोकन गरेकाले स्थानियहरु आत्तिनुपर्दैन ” ।
 
निर्माणाधिन बाटोमा पर्ने सामुदायिक वनको अध्यक्ष कासिराज बेल्बासे आफै बाटो निर्माण समितिको अध्यक्ष हुनुहुन्छ उक्त वनको पुर्ण जिम्मेवारिनै उहाँको छ । त्यसैले आम उपभोक्ताहरुले विरोध गर्नुपर्ने आवश्यकता नभएको र सामुदायि बन मात्र नभएर सम्पुर्ण वडाको नै जिम्मेवारि भएकाले आफुले वडावासिहरुको विरोधमा कुनै पनि त्यस्ता कार्य नगर्ने वडाअध्यक्ष अधिकारिले दावि गरे ।