जिभिएन माध्यामिक विद्यालयले मनायो २२ औँ वार्षिक उत्त्सव

ज्ञानु सङ्गम खड्का/
नेपालगन्ज ,चैत्र,२४-
जिभिएन माध्यामिक विद्यालय नेपालगन्जले शनिबार आफ्नो २२ औँ वार्षिक उत्सव सब्य अनि भब्य तरिकाले मनाएको छ। जिभिएन स्कुल व्यवस्थापन समितिका अध्यक्ष सागर ज्ञवालिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम विद्यालयले आफ्नै प्राङ्गनमा सम्पन्न गरेको हो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपालगन्ज नगर शिक्षा अधिकृत इश्वर पौडेल रहनु भएको थियो।

त्यस्तै अतिथिहरु व्यवस्थापन समितिका सदस्य के.पी.घिमिरे , व्याडमिन्टन प्रशिक्षक सुधिर लाखे , वडा ९ का वडा सदस्य रमेश तिमिल्सिना , सिमा के.सी., शान्तिया खटिक , प्यावसन अनुगमन समितिका संयोजक अबदुल जफार, प्रेस चौतारिका सचिव कमल डाँगी , विकास ब.सिङ, तोजेन्द्र बि.क लगाएत पत्रकारहरुमा ज्ञानु सङ्गम खड्का रहनु भएको थियो।

कार्यक्रममा विद्यार्थिहरुले आफू भित्र लुकेर रहेको प्रतिभा प्रस्तुत गरेका थिए। सो विद्यालयमा अध्ययनरत सम्पुर्ण विद्यार्थिहरु, अविभावखरु, सम्पुर्ण शिक्षकरुको उपस्तिथ रहेको उक्त कार्यक्रममा अतिथिहरुले विभिन्न विद्यार्थिहरुलाई पुरुस्कार बितरणका साथै शुभकामना समेत दिएका थिए ।

कार्यक्रमा विद्यालयका प्रीन्सिपल मान बहादुर थापाले आफ्नो विद्यालयले २०७३ सालमा कक्षा ८ को जिल्ला स्तरिय परिक्षामा जिल्ला प्रथम स्थान हाँसिल गरेको कुरा उद्धत गर्दै आफ्ना सम्पुर्ण विद्यार्थिहरुलाई बधाई दिदै आगमी दिनहरुमा अझै आफ्नो विद्यालयको नतिजा प्रदेश भरिका विद्यालयको भन्दा एकदम उत्कृष्ट ल्याउन आफ्नो तर्फबाट निरन्तर प्रयास रहेको जानकारी दिनुभयो।

उहाँले विद्यार्थिहरुलाई पनि निरन्तर पढाईमा मेहनत गर्न आग्रह समेत गर्नु भएको थियो। साथै शैक्षिक सत्र २०७५/७६ को लागि कक्षा नर्सरी देखि ८ सम्म नयाँ भर्ना खुलेको समेत जानकारी दिनुभएको थियो।