सरकारबिरुद्द ओखलढुंगामा काङ्ग्रेसको बिरोध प्रदर्शन

ओखलढुंगा,माघ,२१-

सरकारकाको विरोधमा देशभर प्रदर्शनमा उत्रेको काग्रेसले ओखलढुंगामा पनि विरोध प्रदर्शन गरेको छ । दुई तिहाई बहुमतको बर्तमान कम्युनिष्ट नेतृत्वको सरकारको पछिल्लो समयको गतिविधिहरुको विरोध गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेसले प्रदर्शन गरेको हो ।

वाइडबडी जहाजमा भएको भनिएको भ्रष्टाचार, निर्मला पन्तको बलात्कार पछिको हत्यामा संलग्नलाई कारबाही नहुनु, स्वदेशी लगानीमा बनाउने भनेको बूढीगण्डकी जलविद्युत बिना प्रतिस्पर्धा चाइना गेजुवा कम्पनीलाई दिने लगायत मुद्दामा असहमती जनाउदै सरकारको विरोधमा प्रदर्शन गरेको हो ।

सरकार विरुद्ध विभिन्न नाराबाजी गर्दै सिद्धिचरण नगरपालिका स्थित पार्टी कार्यालयबाट निस्केको बिरोध ¥याली रामबजार परिक्रमा गरी लोकतान्त्रीक चोकमा आएर कोण सभामा परिणत भएको थियो । कांग्रेस जिल्ला समितिले आयोजना गरेको प्रर्दशनमा कांग्रेसका कार्यकर्ता तथा तरूण दल, नेविसंघ, महिला संघ लगायत सबै भातृ संघसंगठनको पनि सहभागीता रहेको थियो ।