बाघको आक्रमणबाट दुईजना घाइते

नेपालगंज,माघ,२१-

बर्दिया जिल्लाको साबिक जमुनी गा.वि.स.५ हाल बढैयाताल गाउँ पालिका वडा नं २ मा बाघको आक्रमणबाट दुई जना घाइते भएका छन् ।घरको कामको सिलसिलामा नहरको छेउमा गएकोमा बेलामा अडहरबारीमा लुकेर बसेको बाघले स्थानीय ७२ बर्षिय चन्द्र बहादुर शाहीलाई आक्रमण गरी घाइते बनाएको थियो ।

पछि स्थानीय बासिन्दाहरुले थाहा पाएपछि उक्त घटनास्थलमा गएका थिए । पुनः सोही बाघले अर्का बिजय वि.सी. लाई पनि आक्रमण गरेको थियो ।

घाइते चन्द्र बहादुर शाहीलाई तत्काल नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा ल्याइ उपचार गरि रहेको नेपालगन्ज मेडिकल कलेजले बताएको छ । उक्त घटना स्थलमा अहिले प्रहरी गएको स्थानीय अहेव चेतनारायण काफ्लेले बताए ।