अवैध मधिरा बनाउने प्रयोग गरिने कच्चा पदार्थ बरामद गरी नष्ट

रमित बि.क.

बाजुरा ,जेष्ठ ,१०-

दोस्रो चरणको स्थानिय निर्वाचन हुन अब २१ दिन मात्र बाँकी रहेको छ । स्थानिय तह निर्वाचनको क्रममा मतदान स्थलहरुको निर्वाचन पूर्व स्थलगत अनुगमनका तथा निरिक्षण गर्ने माथिल्लो क्षेत्रको कोल्टीमा पुग्नुभएको प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछाने र

प्रहरी नायव उपरिक्षक दल बहादुर बोगटीको नेतृत्वमा आज विहाना ८ बजे हिमाली गाउँपालिका वडा नं.६ बाँधुमा रहेको केही होटेल तथा पसलहरु चेकजाँच गर्ने क्रममा अवैध घरेलु मधिरा बनाउन प्रयोग

गरिने करिव ६ सय ७५ लिटर कच्चा पदार्थ बरामद गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव निरिक्षक कृष्ण खड्काले जानकारी दिनुभएको छ । कच्चा पदार्थ स्थानियको रहोबरमा सोही ठाउँमा नष्ट गरिएको बताईएको छ ।