३ देशका विद्यार्थीहरुलाई जापानमा भव्य स्वागत

जापनिज भाषामा मास्टर पास गर्न सबै विद्यार्थीहरुलाई शिक्षकको शुभकामना

जापान, जेठ ११-
जापानको फुकुओका शहरस्थित कित्ता क्यू सि मा स्थापना भएको निहोन् गोगाकु गाक्को कलेजले छोटो समयमा नै गुणस्तर शिक्षा दिदै विभिन्न देशहरु नेपाल, भेतनाम, सिरिलङका बाट यस वर्ष उच्च शिक्षा हाँसिल गर्न पुगेका विद्यार्थीहरुलाई आज एक अनौपचारिक कार्यक्रम गरि भव्य स्वागत गरेको छ ।

ब्रिटिश म्यगेजिन ओरेकलको भनाई अनुसार २५ वटा उत्तम शहर मध्य फुकुओका सातौं स्थानमा रहेको छ । यो शहरलाई बसोबास गर्न सजिलो ,सुरक्षीत र सहज यातायात भएको रुपमा हेरिन्छ । यो वर्ष नेपालका विभिन्न ठाँउबाट मात्र २३ जना नेपाली विद्यार्थीले सहभागिता जनाएका छन् ।

भने यो भन्दा पहिले दुईजना मात्र नेपाली विद्यार्थीको सहभागिता रहेको थियो । किन यसरी ह्वत्तै नेपली विद्यार्थीहरुको चाप बढेको होला भन्ने पत्रकारको जिज्ञासामा अधिकाँश कार्यक्रममा सहभागी विद्यार्थीले आफूहरुले कलेजबाट राम्रो कुरा छिटो सिक्न पाउने र हरेक कुरामा अवसर पनि छिटो मिल्ने देखेकोले आफूहरुको रोजाईमा परेको अधिकांशले बताउने गरेका छन् ।

यता कलेजका प्राचार्य सिनोदाजीले सबै विद्यार्थीहरुलाई अनुशासन र नियम कानुनको अधिनमा रहि ( ईचुमो गाम्वात्ते ) अर्थात सधैं मेहेनत गर्न पनि आग्रह गर्नुभएको छ । यस्तै अर्काको देशमा अध्ययन गर्न गारो महशुस गरेपनी सधैव सबै विद्यार्थीले आजवाट २ वर्ष उत्तम

वातावरणमा जापनिज भाषामा अध्ययन गर्ने कुरामा स्कुल विस्वस्त रहेको जनाउदै छिटो भन्दा छिटो जापनिज भाषामा मास्टर पास गर्न कामना गर्दै सदैव शिक्षक विद्यार्थीको साथमा रहेर साथ दिने कुरामा विद्यार्थीलाई आश्वासन दिनुभएको छ ।

अहिले सम्म जापानको निहोन् गोगाकु गाक्को कलेजमा सहभागी हुने नेपाली विद्यार्थीहरुको नामावली यस्तो रहेको छ ।

१ दिपेन्द्र सारु मगर – कैलाली
२ झपेन्द्र घर्ती मगर – रोल्पा
३ अनिल पौडेल – प्यूठान
४ सन्जीव राना मगर – सिन्धुली
५ गणेश ओली – सल्यान
६ प्रतीमा गिरी – काठमाण्डौं
७ दिपिका बुढा मगर – दाङ
८ बसन्त तिमिल्सेना -काभ्रे
९ तारा खड्का – काठमाण्डू
१० ज्ञानु कुमारी तिमिल्सिना – रौटहट
११ पुजा गुरुङ – नवलपरासी
१२ शुभास ओझा – पोखरा
१३ उमकला कानुन मगर – नवलपरासी
१४ अजय गौतम – पोखरा
१५ तारा शिरीष मगर – बागलुङ
१६ जगत तामाङ – काभ्रे
१७ कृष्णा कुँवर – बाँके
१८ विनोद श्रेष्ठ – दोलखा
१९ नेत्र निरौला – ईलाम
२० विकाश महोत्तो – चितवन
२१ पार्वती दनुवार -काभ्रे
२२ सरोज भट्टराई – कपिलवस्तु
२३ गंगा चौधरी -चितवन
२४ भवानी भट्टराई – मोरङ
२५ रचना जोशी – पाल्पा