निर्वाचन शान्त,भयरहित र व्यवस्थित बनाउन यूवाहरु अग्रसर हुनुपर्ने

नेपालगञ्ज,जेष्ठ ११ –

स्थानीय तहको जेठ ३१ गते हुन गइरहेको दोस्रो चरणको निर्वाचन शान्त, भयरहित र व्यवस्थित बनाउन यूवाहरु स्वयं अग्रसर हुनुपर्ने आवश्यक्ता औल्याएको छ ।

सम्वाद समूह बाँके अन्तगर्त यूवा समूहको बैठक तथा अन्तरक्रियामा सहभागि विभिन्न यूवा अगुवाले निर्वाचनलाई सफल र प्रभावकारी बनाउन यूवाहरुको अंह भूमिका रहने भएकाले सुव्यवस्था कायममा जिम्मेवार हुनुपर्ने सुझाएका छन् ।

शान्ति÷सदभाव कायम तथा द्धन्द्ध व्यवस्थापनमा क्रियाशिल समूहमा विभिन्न राजनीतिक दल, यूवा सम्वद्ध संघ संस्था तथा सुशासनमा कार्यरत यूवाहरुको आवद्धता रहेको छ ।

निर्वाचन आचारसहिंतालाई पूर्ण पालना गर्र्ने, गराउने र निर्वाचनलाई भयरहित बातावरण बनाउन सवै यूवा संगठनहरु एकमत हुनुपर्ने र सो अनुसारको जिम्मेवारी निर्वाह गर्न अग्रसरता देखाउनु पर्ने सहभागि वक्ताको राय थियो ।

निर्वाचनको अवधीमा कुनै पनि बहानामा मतदाता र परिणामलाई प्रभावित पार्ने गतिविधी हुन सक्ने भएकाले सरोकारवाला सचेत हुनुपर्ने राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष एवं नेपालगञ्ज उपमहानगरपालिकाका मेयर उम्मेदवार कृष्णराज पाण्डेले दावी गर्नु भयो ।

सम्वाद समूह सचिवालयका संयोजक चन्द्र चौधरीको विशेष उपस्थितीमा बसेको वैठकमा निर्वाचन सफल पार्न सम्वद्ध यूवा संगठनलाई थप जिम्मेवार हुन पनि आह्वान गरिएको छ । यस्तै यूवा समूहमा विभिन्न क्षेत्रको प्रतिनीधीत्व हुने गरि नयाँ सदस्य पनि थप गरिएको छ ।

समूहका सहजकर्ता शुक्रऋषि चौलागाईले सहजीकरण गरेको कार्यक्रममा नेपाली काँगे्रस निकट तरुण दलका विनोद रिजाल, नेकपा माओवादी(केन्द्र) निकट यूवा संठगनका रतन शाही, बासका कार्यकारी निर्देशक नमस्कार शाह, शान्ति तथा सदभावका लागि यूवा अभियानका मधु पौडेल लगायतले आवश्यक सुझाव दिनु भएको थियो ।