ए डिभिजन लिग : ब्रिगेड र सातदोबाटो भिड्ने

काठमाडौं,फागुन,९-कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज सोमबार एक खेल हुँदैछ ।   

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा ब्रिगेड ब्वाइज क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । ब्रिगेड र सातदोबाटोबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।

ब्रिगेडका लागि यस खेल निकै महत्वपूर्ण रहेको छ । रेलिगेसनबाट जोगिन ब्रिगेडलाई सातदोबाटोविरुद्धको खेल जित्नैपर्ने दबाब रहेको छ ।

ब्रिगेड ११ खेलमा ७ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ । सातदोबाटोलाई हराएर ब्रिगेड रेलिगेसनबाट जोगिने सम्भावना कायम राख्न चाहन्छ ।

सातदोबाटो ११ खेलमा १५ अंक जोडेर सातौं स्थानमा रहेको छ । सातदोबाटो ब्रिगेडलाई हराएर शीर्ष पाँचमा उक्लन चाहन्छ ।

यस सिजनको उपाधि मछिन्द्रले जितिसकेको छ । यस्तै च्यासल रेलिगेसनमा परिसकेको छ ।खेलपाटीबाट