राजनीतिक दलको विवादले संसदीय प्रक्रिया रोकिँदैन : सभामुख सापकोटा

फाईल तस्विर !!

काठमाण्डौं,फागुन,१५-सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने विश्वास व्यक्त गर्नु भएको छ।शनिबार चितवनमा पत्रकारहरुसँग कुराकानीमा सभामुख सापकोटाले संसद् नियमित चल्ने बताउनुभयो ।

संसद्को आह्वानका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको भन्दै उहाँले अब पहिले जसरी नै संसद् चल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, ‘पहिले जसरी संसद् चलेको थियो। त्यही अनुसार संसद् चल्छ।अब दलहरुबीच छलफल र समझदारी हुन्छ।’

राष्ट्रपतिबाट संसद् आह्वान भएसँगै कार्यव्यवस्था समितिको बैठकबाट परामर्श गरी पुरानै तवरले संसद् पुनः सञ्चालन गर्ने उहाँको भनाइ छ।

राजनैतिक दलको विवादले संसदीय प्रक्रियालाई कुनै असर नगर्ने उहाँको भनाइ थियो। उहाँले भन्नुभयो, ‘मैले सहजीकरण गर्ने छु। राजनैतिक दलको विवादले संसदीय प्रक्रिया रोकिँदैन।’

उहाँले संसद् विघटनको समयमा भएका नियुक्तिका विषयमा अदालतमा बहस भइरहेको विषयमा अहिले टीकाटिप्पणी गर्नु उचित नहुने बताउनुभयो। रासस