ट्युनिसियामा डुंगा दुर्घटना : कम्तिमा १४ आप्रवासीको मृत्यु, १३९ को उद्धार

फाईल तस्विर !!

काठमाडौं,फागुन,२६-ट्युनिसियाको सामुद्रिक क्षेत्रमा डुंगा दुर्घटना हुँदा कम्तिमा १४ आप्रवासीको मृत्यु भएको छ। ट्युनिसियाली राष्ट्रिय सुरक्षा गार्डका अनुसार अत्यधिक भारका कारण डुंगा दुर्घटनामा परेको हो।

ज्यान गुमाउने १४ जना र उद्धार गरिएका १३९ जना सबै आप्रवासी हुन्। राष्ट्रिय सुरक्षा गार्डका प्रवक्ता ह्युसेम एडिन जबालीका अनुसार डुंगा सोमबार राति अफ्रिकी साहारा क्षेत्रबाट छुटेको थियो।

गरिबी र द्वन्द्वका कारण विभिन्न अफ्रिकी मुलुकबाट गैर–कानुनी रूपमा युरोप छिर्न हिँडेका अफ्रिकी आप्रवासी शरणार्थीहरू ढुंगामा सवार थिए।

सुरक्षा निकायले तत्कालै उद्धारकोक काम गरेकाले धेरैको ज्यान जोगिएको अधिकारीहरुले बताएका छन्। एजेन्सी