काठमाडौँ,पुष,२९-आज एकै पटक चार वटा संसदीय समितिको बैठक बस्दैछ। जसअन्तर्गत अर्थ समितिको बैठक बिहान ११ बजे बस्दैछ।बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवाला र विज्ञहरुसँग छलफल हुनेछ।
त्यस्तै बिहान ११ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा प्रधानमन्त्रीबाट भएको पछिल्लो वैदेशिक भ्रमण सम्बन्धमा र परराष्ट्र मन्त्रालयको आर्थिक वर्ष २०८१÷८२ को कार्यक्रम तथा हालसम्मको प्रगति सम्बन्धमा छलफल हुनेछ।
त्यस्तै बिहान साढे १० बजे बस्ने कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग सम्बन्धित दफाहरुमा छलफल हुनेछ।
त्यस्तै मध्यान्ह साढे १२ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ।बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।
त्यस्तै दिउँसो १ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छलफल हुनेछ।