दर्जन बढि बिभिन्न पार्टि परित्याग गरि माओवादी केन्द्रमा प्रवेश

मधुपौडेल
बाँके,फागुन ४-बिभिन्न पार्टि परित्याग गरि दर्जन बढि नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन । आमोवादी केन्द्र कोहलपुरले संचालन गरेको अभियान अन्तर्गत आज एमाले, काँग्रेस र राप्रपा परित्याग गरि ठुलो सँख्यामा माओवादी केन्द्रमा प्रवेश गरेका हुन । यसैबिच माओवादी केन्द्रको कोहलपुर नगरपालिका अन्तर्गत विभिन्न वडाको संयुक्त वडा सम्मेलन सम्पन्न भएको छ । विभिन्न माओवादी घटकहरुको एकतापछि पहिलो पटक हुन गईरहेको सम्मेलनले १३ वटै वडामा नयाँ नेतृत्व चयन गर्ने बताईएको छ ।

जसअन्तर्गत मंगलबार १, ३, ४, ६, १० र १२ नम्बर वडाको वडा सम्मेलन सम्पन्न भएको छ । मंगलबार सम्पन्न भएका सम्मेलन अन्र्गत वडा नं. १ मा कौशिला वि.क. को अध्यक्षतामा १७ सदस्यीय वडा कमिटि गठन भएको छ । त्यसैगरी ३ नं. वडामा पदम रेग्मीको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटि गठन भएको छ । त्यसैगरी ४ नं. वडामा तिरत राम थारुको नेतृत्वमा १५ सदस्यीय वडा कमिटि गठन गरिएको कोहलपुर नगर कमिटि ईन्चार्ज नरेन्द्र पाण्डे जेम्सले जानकारी दिनुभयो ।

मंगलबार नै ६ नं. वडामा रामसरण थारुको अध्यक्षतामा ११ सदस्यीय वडा कमिटि गठन गरिएको छ । त्यसैगरी १० नं. वडामा खेमराज रमालीको अध्यक्षतामा १३ सदस्यीय वडा कमिटि गठन गरिएको छ भने १२ नं. वडामा निरक शाहीको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटि गठन गरिएको माओवादी केन्द्र कोहलपुर नगर कमिटि सह–इन्चार्ज तुलाराज विष्ट “विहानी” ले जानकारी दिएका छन ।यसैबिच बुधबार वडा नं. ५, ११ र १३ को वडा सम्मेलन सम्पन्न भएको छ ।  जसअन्तर्गत ५ नं. वडामा तिलक कार्कीको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटि गठन गरिएको छ ।

त्यसैगरी ११ नं. वडामा रेशम सापकोटाको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटि गठन गरिएको छ भने १३ नं. वडामा गगन सिङ रानाको अध्यक्षतामा २५ सदस्यीय वडा समिति गठन गरिएको छ । यसैबिच १० वर्षे द्धन्द्धकालका सहिद परिवारलाई एक कार्यक्रमका बिच अभिनन्दन  गरिएको छ । कोहलपुर नगर कमिटिले सहिद स्मृती भवनमा उनिहरुलाई अभिनन्दन गरेको हो । साथै गम्भिर घाईते पवित्रा खत्रीलाई उपचार सहयोग स्वरुप ६ हजार ५ सय रुपौयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको कोहलपुर नगर कमिटि सह–इन्चार्ज तुलाराज विष्ट “विहानी” ले जानकारी दिनुभयो ।