राष्ट्रपति असभ्य राजनीतिको मतियार बन्नु दुर्भाग्य : गगन थापा

काठमाडौं,बैशाख,२१-नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी ओलीको असभ्य राजनीतिक चरित्रको मतियार भएको आरोप लगाउनु भएको छ।

मंगलबार राष्ट्रपतिले सरकारको सिफरिसमा सात वटा अध्यादेश जारी गरेको प्रसंग उल्लेख गर्दै थापाले विश्वासको मत लिने घोषणा गरेका प्रधानमन्त्रीले संसद छलेर अध्यादेश जारी गर्ने कदमलाई ‘अराजनीतिक र संविधानको मर्म विपरित’ भनेर टिप्पणी गर्नु भएको छ ।

सामाजिक सञ्जालमा उहाँले अध्यादेश फिर्ता गरी संसदको आगामी सत्रमा विधेयकका रूपमा पेश गर्न माग पनि गर्नु भएको छ ।