कार्ल मार्क्स द्विशतवार्षिकी प्रशिक्षण बाँकेको नेपालगन्जमा शुरु

के-पी-घिमिरे/
नेपालगन्ज,असार,२२-
बाँकेको नेपालगन्जमा कार्ल मार्क्स जन्म द्विशतवार्षिकी प्रशिक्षण अाज बाँकेको नेपालगन्ज स्थित सिद्दार्थ कटेजमा शुरु भएको छ ।
प्रदेश नं ५ का १२ वटा जिल्लाका १००० जना भन्दा बढी नेता तथा कार्यकर्ताहरुलाई केन्द्रीय स्तरका नेताहरूले प्रदेश स्तरीय प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

यस कार्यक्रमका संयोजक ठाकुर गैरेको अध्यक्षतामा, प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका बरिष्ठ नेता कमरेड झलनाथ खनाल, अतिथि हरुमा नेकपा मसालका महामन्त्री कमरेड मोहन विक्रम सिंह, ने-क-पा-का नेता घनश्याम भुसाल, राम कार्की , कांग्रेसका नेता प्रदिप गिरी, लगायत प्रदेश नं ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल, संविधान सभाका सदस्यहरु , १२ जिल्लाका नेता तथा कार्यकर्ता लगायतका उपस्थिति रहेको छ ।

प्रशिक्षण अाज र भोलि दिने कार्यक्रम रहेको कार्यक्रमका प्रदेश नं ५ का संयोजक ठाकुर गैरेले भन्नुभयो ।उक्त कार्यक्रममा सहभागीहरुलाई स्वास्थ्य चेकजाँच गरी नि:शुल्क अौषधिको व्यवस्था नेपालगन्ज मेडिकल कलेज नेपालगन्जले चिकित्सक र प्राविधिक कर्मचारी पठाएर सहयोग गरेको थियोे ।उक्त कार्यक्रम सञ्चालन जगप्रसाद शर्मा अपारले गर्नु भएको थियो । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले कार्लमाक्सको विश्वको राजनीति अाफैमा सफल रहेको र नेपालका कम्युनिस्ट पार्टीहरुले त्यसलाई लागु गर्नु पर्ने बताएका थिए ।