जिप दुर्घटना, ६ जनाको मृत्यु

प्युठान, चैत ११-

काठमाडौंबाट छुटेको बा ८ च १५६१ नम्बरको जिप प्युठानको स्वर्गद्वारीमा दुर्घटना हुदाँ ६ जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् ।

बिहान सडकबाट पल्टिएको प्युठान प्रहरीले जनाएको छ । प्रहरी अहिले दुर्घटनास्थल जाँदैछ । घटनाको थप विवरण आउन अझै बाँकी रहेको छ ।