दोस्रो चरणको चुनाव असार १४ गते गर्ने निर्णय

काठमाडौं,जेठ,१७-

सरकारले दोस्रो चरणको स्थानीय चुनाव आगामी असार १४ गते गर्ने निर्णय गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले असार १४ गते चुनाव गर्ने निर्णय गरेको हो ।

यसअघि जेठ ३१ गतेलाई तोकिएको चुनावलाई सारेर असार ९ गते पुर्याइएको थियो । ९ गते मुस्लिम समुदायको महान पर्व परेको भन्दै चुनाव पाँच दिनपछि अर्थात १४ गतेका लागि सारिएको हो ।

हिजोमात्र मुस्लिम सुमदायका प्रतिनीधिसँगको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहालले असार ९ गतेको मितिमा पुनर्विचार हुने बताउनु भएको थियो ।

हिजै प्रधानमन्त्री दाहालले चुनावको मिति परिवर्तनवारे निर्वाचन आयोग प्रमुख आयुक्तसँग छलफल समेत गर्नु भएको थियो । सरकारले निर्वाचन आयोगसँगको परामर्शपछि निर्वाचनको मिति सारिएको जनाएको छ ।

प्रदेशनम्बर १, २, ५ र ७ मा दोस्रो चरणको चुनाव हुँदैछ । पहिलो चरणको चुनाव भने ३, ४ र ६ नम्बर प्रदेशमा गत बैशाख ३१ गते सम्पन्न भएको थियो ।नेपालवाणीवाट