मिनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजीनामा दिए

काँग्रेस महामन्त्रीमा हार्ने लगभग निश्चत

मिनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजीनामा दिएकाठमाण्डौं,पुष,१-नेपाली काँग्रेसका नेता तथा रक्षामन्त्री समेत रहनु भएको मिनेन्द्र रिजालले राजीनामा दिनुभएको छ । नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिनुभएका उहाँले प्रारम्भीम मत परिणाम आए लगतै राजीनामा दिने घोषणा गर्नुभएको हो । 

रिजाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले असोज २२ गते रक्षामन्त्रीमा नियुक्त गर्नु भएको थियो ।

बिहीबार पहिलो चरणको १०० मतको मतपरिणाम अनुसार रिजालले जम्मा २१ मत पाउनु भएको थियो । जबकि उहाँकै प्यानमा रहेका गगन थापाले ७० मत पाउनु भएको थियो।पछिल्लो परिणाम अनुसार रिजाले डाक्टर राजाराम कार्कीलाई मात्रै उछिन्नु भएको छ ।