एक थान भरुवा बन्दुक सहित सुर्खेतमा एक जना पक्राउ

सुर्खेत,फाल्गुन,३०
एक थान भरुवा बन्दुक सहित बिहीबार एक जनालाई इलाका प्रहरी कार्यालय छिन्चुले सुर्खेतको भेरिगङ्गा नगपालिका ६ झिग्निबाट नियन्त्रण मा लिएको छ ।

फाल्गुन २९ गते बुधबार सन्ते सुनार भनेर चिनिने ब्यक्तिको घरमा लुकाइ छिपाइ अबैद रुपमा भरुवा बन्दुक छ भन्ने सुचनाका आधारमा घर खान तलास गर्दा १ थान भरुवा बन्दुक,बन्दुकमा प्रयोग गरिने बारुद,गन्धक र बन्दुकमा प्रयोग गरिने केही पाठपुर्जा फेला परेको इलाका प्रहरी कार्यालय छिन्चुका इन्चार्ज निरोज चौलागाइले जानकारी दिनु भएको छ ।

उहाँका अनुसार सन्ते सुनारका छोरा बर्ष २५ का गोबिन्द सुनारलाइ नियन्त्रणमा लिइ अनुसन्धान कार्य अघि बढाईएको जानकारी दिनु भयो।