नाम मात्र को दैलेख महोत्सव ? पर्यटनको नाममा व्यापार ?

दैलेख,चैत्र,१-

महोत्सव भनेपछि केहि नयाँ पन दिनु आयोजकको दायित्व हो तर दैलेखमा यसको ठिक उल्टो भएको छ । दैलेख जिल्ला एक ऐतिहासीक तथा पर्यटकीय जिल्ला हो तर दैलेख महोत्सवमा यसको कुनै कुरा झल्किएको छैन् । विगतका वर्ष झै यसपटक पनि कुनै नयाँ पन देखिएन । स्टलहरुमा त्यहि कपडा,भाडाकुडा, होटल हरुका स्टल मात्र रहेका छन् । आयोजकले मान्छे जम्मा गर्ने नाममा राष्ट्रिय कलाकारको चर्को प्रचार मात्र गरेका छन् तर स्थानिय कलाकारलाई भने जस्तो स्थान दिएका छैनन । 
 
नारामा मात्र पर्यटन !
ब्यानरमा लेखिएको छ उद्यम, कृषि, पर्यटन, र ब्यापार समृद्ध दैलेखको मुल आधार दैलेख महोत्सव २०७५ यो ब्यानरमा मात्र सिमित छ । स्थानिय उत्पादन भन्दा पनि  बाहिरि जिल्लामा उत्पादन गरिएका समाग्री स्टलमा राखिएका छन् । महोत्सवमा स्टलहरु केहि खालि छन् तर अन्य स्टलहरुमा लुगा कपडा तथा भाडाकुडा तथा अवैध खेलका रुपमा जुवा खेलाईएको छन् । पर्यटनको रुपमा दैलेखको पञ्चकोशी तिर्थस्थल छ तर त्यहाँको बारेमा न कुनै ब्यानर छ न त त्यहाँ जानको लागि कुनै प्रचार तथा सुविधा छैन । यस अघि को महोत्सवमा भनिएको थियो दैलेखको बारेमा इतिहासलेखन तर यो लेखन नाममा मात्र सिमित भएको छ । 
 
स्थानीय कला संस्कृति  देखिएन ?
महोत्सवमा स्थानिय कला संस्कृतिलाई स्थान दिएको छैन । दैलेख जिल्लामा स्थानिय देउडा खेल प्रचलित छ तर यो देखाईएको छैन । कलाकारलाई मात्र स्थान दिदा स्थानिय कलाकारलाई पनि कला देखाउन नदिएको एक स्थानिय कलाकारको भनाई छ । यसले महोत्सव हेर्न आउने का लागि निरास बनाएको छ । 
 
कहाँ जान्छ महोत्सव को पैसा ?
उद्योग वाणिज्य संघ दैलेखले लगाएको दैलेख महोसव २०७५ जन्ता लुट्ने महोत्सव मात्र भएको छ । यस अघि का महोत्सव बाट पनि के कुरा स्पस्ट हुन्छ भने महोत्सवबाट आएको आम्दानी बाट अहिले सम्म केहि उपलब्धी भएको पाईदैन । महोत्सव त लाग्छ तर तयसबाटको आम्दानी कहाँ जान्छ अहिले सम्म पनि कसैलाई थाहा छैन । सोझा साझा जन्तालाई झुक्याएर लाखौ रुपौया विभिन्न संघ संस्थाबाट कुमल्याउने आयोजकले के मा खर्च गरे त्यसको सबैलाई जानकारी दिनु पर्छ । हैन भने यस्ता खाले मेला महोत्सव सधैका लागि बन्द गरीनु पर्छ ।