जापानको फुकुओकामा दोश्रो पटक समर कप २०१७ फुटसल प्रतीयोगिता हुने

प्रतीयोगितामा २५ टिमले सहभागी हुन पाउने

 सन्जीब राना मगर,

फुकुओका,जापान,जेठ,३१-

जापानको  फुकुओका शहरमा  दोश्रो पटक समर कप २०१७  फुटसल प्रतीयोगिता  हुने भएको छ ।  जापानमा वसोवास गर्दै आईरहेका समाजसेवी, व्यवसायी नेपालीहरु तथा विद्यार्थी भिजामा अध्यन गरिरहेका विद्यार्थी विच चिनजान तथा भाईचाराको सम्बन्ध अभिबृद्वि गराउने उद्देश्यले प्रतीयोगीता गराउन लागेको खुकुरी एफ.सी परिवारले जनाएको छ । 

फुटसल प्रतीयोगितामा २५ टिमले सहभागी हुन पाउने आयोजकले जानकारी दिएको छ । खेलमा प्रथम हुनेलाई Trophy सहित ३ लाख एेन यस्तै दोश्रो हुनेलाई  Trophy  सहित १ लाख ५० हजार एेन  दिने आयोजकले जानाएको छ ।जसमध्ये ३ सय ५० जनाको सहभागी संख्या रहनेछ,भने (२००) दुई सय जना खेलाडी सहित २० जना स्वंयमसेवक रहने पनि आयोजकले जनाएको छ । 

प्रतीयोगितामा सहभागी हुन चाहाने टिमले अनिवार्य रुपमा टिम दर्ता गराउनु पर्नेछ । टिम दर्ताको लागि ३५००० हजार एेन लाग्नेछ । फुटसल प्रतीयोगीता फुकुओका हिगासिकु  मातसुईमा रहेको डिनोज टेनीज क्लव (Dino’s Tennis Club’s) को स्थानमा आउँदो श्रावण १ गते अर्थात जुलाई १६ तारिखमा हुने आयोजकले जनाएको छ ।

टिम दर्ता सहित प्रतीयोगीता सम्बन्धी आवश्यक जानकारी लिनुपरेमा तल दिएको नम्बरमा सम्पर्क गर्न सक्नु हुनेछ । 

१. ईन्द्र घले     ०८०३९७७०८५३

२. रन्जीत गुरुङ  ०८०७९३८८६०६

३. प्रदिप कुमार राई  ०८०२६९०१६०९