रफत संचार बाँके शाखाद्वारा उम्मेदवारका प्रतिनिधिहरु संग भेट

नेपालगंजको विकास तथा समृद्धि नै पहिलो लक्ष्य भएको भनाई

मधुपौडेल,

बाँके,जेठ,३१-

आवाज विहिनहरुको आवाज शान्तिका लागि रफत भन्ने शिर्षकका साथ स्थापन भएको रफत संचार बाँके शाखाले आज मेयर उम्मेदवारका प्रतिनिधिहरु संग साक्षातकार कार्यक्रमको आयोजना गराएको छ ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टिका मेयरका उम्मेदवार डा. धवल समशेर राणा र नेपाली कांग्रसबाट मेयरका उम्मेदवार डा. सुरेश कुमार कनोडियाको उपस्थिति रहेको थियो ।

दुवै नेताको नेपालगंजको विकास तथा समृद्धि नै पहिलो लक्ष्य भएको बताएका छन् । यस अघि नै यी दुवै नेताले आफुलाई विजय भएमा आफुले पाउने कुनै पनि सरकारी सेवा सुविधा नलिने प्रतिवद्धता गरी सक्नु भएको छ ।

अन्य पार्टिका मेयर उम्मेदवारहरुलाई बोलाईको भए पनि उहाँको नआउनु भएको जनाकारी रफत संचार बाँके साखाका अध्यक्ष रन्जिता थापा ढाकाले जनाकारी दिनु भएको छ ।