प्रचण्ड काठमाडौं फर्केपछि मन्त्रिपरिषद् विस्तार गरिने

प्रचण्ड आज स्वदेश फर्कदै

काठमाडौं,असार,३१-

संविधान संशोधन प्रस्ताव तत्काल अघि नबढ्ने भएपछि प्रधानमन्त्री शेर बहादुर देउवा मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा लाग्नु भएको छ।

देउवाले आगामी सोमबारसम्म मन्त्रिपरिषद विस्तार गर्नेगरी गृहकार्य थालेको देउवानिकट स्रोतले जनाएको छ ।

स्रोतका अनुसार माओवादी अध्यक्ष प्रचण्ड बैंककबाट फर्केलगत्तै मन्त्रिपरिषद विस्तारबारे कुराकानी गर्नु हुने भएको छ । प्रचण्ड आज काठमाडौं फर्कने कार्यक्रम रहेको  छ ।