सुनौला हजार दिन सञ्चार अभियानको जिल्लामा सकारात्मक प्रभाव बढ्दै

रमित बि.क.

बाजुरा ,जेष्ठ १०-
सुनौला हजार दिन सञ्चार अभियानको जिल्लामा सकारात्मक प्रभाव बढेको छ । पोषण अवस्था सुधारका लागि सचेतना अभिवृद्धीका गतिविधि सञ्चालन हुन थालेपछि स्थानीयमा सकारात्मक प्रभाव बढेको हो ।

कार्यक्रम जिल्लाका साविक कोल्टी, पाण्डुसैन, मार्तडी, दहकोट, बुढीगंगा, कैलाशमाडौं, कुल्देवमाडौं, डोगडी, बुढीगंगा, बाह्विस र जयबागेश्वरी गाविसमा पहिलो चरणमा संञ्चालन भइरहेको छ ।

आमाको गर्भ रहेको दिनदेखि दुई वर्ष मुनिका बालबालिकाहरुमा पोषणको अवस्था सुधार गर्न कार्यक्रम अन्तर्गत गतिविधि सञ्चालन भईरहेको जिल्ला कार्यक्रम संयोजक अशोक जोशीले बताउनु भएको छ ।

अभियान अन्तर्गत हरेक बार खाना चार, गर्भवतिको चेक जाँच, हजार दिनको अवधिमा गर्नुपर्ने व्यवाहार र संरक्षणमा ख्याल दिने गरेको पाईएको छ ।कोल्टी र पाण्डुसैनका आमा समूहसँग गरिएको छलफल तथा अन्र्तक्रियाका क्रममा सो बारे जानकारी पाईएको छ ।

सहभागिहरुले पोषणको अवस्था सुधार गर्न ध्यान दिने गरेको र नियमित चेक जाँच र परिवारीक सहयोग पनि बढेको गर्भवती पाण्डुसैन अगाउपानीकी पानकला रावतले बताउनु भएको छ ।

स्वास्थ्य संस्थामा नियमति जाँच गर्ने र स्वास्थ्यको बारेमा बढी सचेत हुनेक्रम बढेको कोल्टी प्रथमिक स्वास्थ्य केन्द्रका डा.विजय कुमार शाहले बताउनु भएको छ ।