बाँकेका युवा महिला नेतृको राजनितिक आर्कषण बढ्दो

समाज परिवर्तनका लागि आफुहरु राजनितिमा लागेको भनाई

बाँके,असार,९-

स्थानिय तहको दोस्रो चरणको निर्वाचनमा बाँकेका युवा नेतृहरुको आकर्षण बढ्दो छ । नगर प्रमुख, उपप्रमुख,गाउँपालिका प्रमुख उप प्रमुख देखी लिएर खुला सदस्यका पदमा युवा महिला नेतृहरु खुला प्रतिसपर्धामा रहेका छन् । विभीन्न पेशा ब्यवसायमा आबद्ध युवा महिलाहरु समाजसेवकै लागि राजनितिमा आएको बताउँछन् ।

राजनितिमा महिलाहरु आकर्षण बढे संगै निर्णायक पदमा समेत उनिहरुको पहुच वृद्धि भएको देखिन्छ । अन्य पेशा ब्यवसायमा आबद्ध भएर भन्दा राजनिति मार्फत समाजसेवा गर्न निर्णायक हुने भएकाले समाज परिवर्तनका लागि आफुहरु राजनितिमा लागेको उनिहरुको भनाई छ ।

नेपालगन्ज उप महानगरपालिकामा नेपाली काङग्रेस बाट उप मेयरका उम्मेदवार उमा थापा समाज परिवर्तनकै लागि काङग्रसको राजनितिमा सक्रिय भएको बताउनुभहुन्छ । करिब एक दशक बढि पत्रकारितामा सक्रिय उहाँ राजनिति मार्फत समाज परिवर्तन गर्न निर्णायक भुमीका हुने भएकाले एक राजनितिमा लागेको बताउनुहुन्छ ।

नेविसंघको विद्यार्थी राजनिति बाट सक्रिय उहा सिद्धान्त , विचार मन परेर नेपाली काङग्रेसको राजनितिमा लागेको बताउनुहुन्छ । उहाँ एक कुशल खेलाडी समेत हुनुहुन्छ । पत्रकार, खेलाडी हुदै उहाँ अब एक कुषल राजनितिज्ञको रुपमा परिचित भई नेपालगन्ज बासीको दैनिकमा सहजता ल्याउने प्रयासमा हुनुहुन्छ । म उप मेयर हुन्छु भन्ने पुर्ण विश्वास छ ।

समाजसेवामा अहिले सम्मको मेरो त्याग तपस्यालाई सबैले मुल्याङकन गर्नुहुनेछ भन्ने मलाई लागेको छ उहाँले भन्नुभयो । “मैले जिते पनि हारे पनि समाजसेवा प्रति मेरो बाटो कहिल्यै परिवर्तन हुने छैन्” । भ्रष्टचार रहित शुसासन सहितको शान्ति समृद्धी र विकाशिल नेपालगन्ज बनाउन,खाल्डो रहित नेपालगन्ज , फोहरमैला ब्यवस्थापन सहित हरित नेपालगन्ज बनाउन मेरो भुमिका रहनेछ ।

त्यसैगरि झाडा पशु चौपाया ब्यवस्थापन ,प्रत्येक वडामा ई लाईब्रेरिको ब्यवस्था अपाङतामैत्री नयाँ भौतिक संरचनाहरु निर्माणमा मापदण्ड निर्माणमा म लाग्न्ोछु । उहाँले भन्नुभयो “म उप मेयर भएमा पत्रकारिता तथा खेलकुद क्षेत्र बाट आएकोले मेरो तलब भक्ताको आधा रकम पत्रकारिता तथा खेलकुद क्षेत्रमा लगाउनेछु” ।

अझै पनि महिलाहरु दाइजो नल्याएको भन्दै जिउदै जल्ने गरेका छन् । गुणस्तरिय स्वास्थ्य सेवाको अभावमा महिलाहरुले अकालमा ज्यान गुमाउनु परेको छ । यि समस्याहरु समाधान गर्न मेरो महत्वपुर्ण भुमिका हुनेछ । उहाँले भन्नुभयो “म एक युवा भएकाले केही गर्ने सोच र योजनाका साथ अघि बढिरहेकी छु” म परिवर्तन चाहान्छु ।

सानैबाट समाजसेवामा आफूलाइ सर्मपित गर्ने सपनालाइ पुरा गर्न पत्रकारिता मात्रै होइन् लायन्स क्लव हेल्पिङ ह्याण्ड्स र लायन्स क्लवमा आवद्ध भएर उनले सामाजिक सेवामा योगदान पुर्याइ रहनुभएको छ । त्यसैगरि बागेश्वरि अषल शाषन क्लबमा आबद्ध भएरर भ्रष्टचार मुक्त समाज निर्माणमा समेत सक्रिय हुनुहुन्छ ।

२०४९ सालदेखि उनी २०५१ सालसम्म धम्वोझी निमावि नेपालगन्जको नेविसंघको इकाइ सभापतिको भूमिकामा रहनुभयो । महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जको स्ववियु सदस्य हुँदै कोषाध्यक्षसम्मको जिम्मेवारी उहाँले कुशलता पूर्वक निर्भाह गर्दै नेविसंघको केन्द्रिय सदस्यको जिम्मेवारी समेत निर्वाह गरिसक्नुभएको छ ।

काँग्रेसले २०७० सालको दोस्रो संबिधानसभा चुनावमा समानुपातिकबाट उम्मेदवारमा उहाँलाई सिफारिस पनि ग¥यो । थापा मगर भन्नुहुन्छ । ‘राजनीतिक, सामाजिक र पत्रकारिताका माध्यमबाट मैले नेपालगन्जलाई गहिरो अध्ययन गरेकी छु, यहाँको हरेक सम्भावनाको पहिचान गरेकी छु र समस्यालाई बुझेकी छु ।उहाँले भन्नुभयो “पाँच वर्षभित्र उपमहानगरपालिकालाई साँच्चिकै उपमहानगर बनाउने सपना मात्रै होइन, ठोस योजना पनि छ” ।

त्यसैगरि खजुरा गाउँपालिकामा नेपाली काङगे्रस बाट उप प्रमुखका उम्मेदवार युवा नेतृ दीपा आले पनि समाजसेवाकै लागि राजनितिमा लागेको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो विद्यार्थी राजनीति र पत्रकारितासँग सँगै सुरु गरेकी उहाँले नेपालगन्ज महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा नेविसंघको कोषाध्यक्ष, मगर विद्यार्थी संघको केन्द्रीय अध्यक्षको भूमिका निर्वाह गरिसक्नुभएको छ । त्यस्तै नेपाल प्रेस युनियन केन्द्रिय सचिव समेत रहेकी उहाँले विभिन्न पेशागत संघ–संगठनमा आवद्ध भएर समाजसेवामा ठूलो योगदान गरिसक्नुभएको छ ।

उहाँ खेलाडी पनि हुनुहनुन्छ । ‘यसलाई विश्वास मानेर मलाई काँग्रेसले खजुरा गाउँपालिकाको उपप्रमुख उम्मेदवारको टिकट दिएको छ’ उनले भनिन् । समाजशास्त्रमा स्नातकोत्तर गरिसकेकी उनले अहिले कानुनमा एलएलबी गर्दैछिन ।

संवैधानिक व्यवस्थानुसार स्थानीय तहमा प्रमुख पदमा महिला अनिवार्य गरेपछि महिला सहभागिता बढ्नेछ, उहाँले भन्नुभयो ।उपप्रमुखको जिम्मेवारी पनि ठूलो हुने भएकाले पढेलेखेको महिला नै त्यसको लागि कामयावी हुन्छन् । म त्यसमा फिट भएरै अघि बढे ।’

खजुरा गाउँपालिकालाई सूचनामा देशकै नमूना गाउँपालिका बनाउने योजनाका साथ लागिरहनुभएको छ । – ‘खजुरालाई फ्रि वाइफाइ जोनका रुपमा विकास गरिनेछ ।’उहाँले भन्नुभयो । नेपालगन्ज कोहलपुर सडकखण्डमा चार वर्षअघि रिर्पोटिङका लागि जादा आन्दोलनकारीले आक्रमण मा परिउहाँ सख्त घाइते भए ।

नेपालगन्जमा प्रारम्भिक उपचारपछि लामो समय काठमाडौंमा भएको उपचारपछि निको भयो। मलाई पुनःजन्म मिल्यो । मलाई समाजसेवा नै गर्न भनेर भगवानले बचाए उहाँ भन्नुहुन्छ ‘पत्रकारिताबाट होइन अव राजनीतिबाट समाजसेवा गर्छु ।’ बाँकेको राधापुरमा जन्मिएकी दीपा आले मगर बाँकेबासीका लागि अपरिचित नाम होइन ।

स्थानीय समस्याको पहिचान गर्दै त्यसको सम्बोधनको खोजी गर्नु ठूलो कुरा हो । हामीले खजुरा गाउँपालिकाको वस्तुस्थिति केलाएर यहाँको सम्भावना, समस्या सबै कुरालाई समेटेर एजेण्डा तयार पारेका छौं । जिल्लाको प्रमुख सहरका रुपमा परिचित खजुरा भएपनि यस क्षेत्रमा सञ्चार गृहहरु छैनन् ।

म आफै पनि पत्रकारिताबाट आएकाले सबैभन्दा पहिले जनताले सुसुचित हुन पाउने अधिकारका लागि पहल हुनेछ । सूचना र सञ्चारबिना नागरिकले सरकारबाट पाउने सेवा सुविधाहरु नपाइरहेको स्थिति छ । जवसम्म हामीले प्रविधिको विकास गर्न सक्दैनौ तवसम्म कुनै पनि क्षेत्रको विकास सम्भव छैन ।

ग्रामीण क्षेत्रमा अझै गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा नपाइरहेको अवस्था छ । यस्ता यावत् समस्या र वस्तुस्थितिलाई हामीले आफ्ना एजेण्डा समेटेका छौं । उहाँले भन्नुभयो खजुरा गाउँपालिका बहुजाति, बहुभाषी भएको क्षेत्र हो । यहाँ हिन्दु, मुस्लिम, मधेशी, जनजातिलगायतको बसोबास छ ।

यस क्षेत्रलाई धार्मिक पर्यटकको रुपमा विकास गर्न सकिन्छ । यहाँका ऐतिहासिक कला–संस्कृतिको संरक्षण, सम्र्वद्धन तथा प्रबर्धन गर्न सकियो भने आन्तरिक पर्यटनको सम्भावित स्थल बन्न सक्ने सम्भावना देखिन्छ । खजुरा गाउँपालिका भोलि पक्कै नगरपालिका बन्छ । नगरपालिकाकै आधार बनाएर हामीले योजनाहरु बनाएको बताउनुभयो ।