दोस्रो चरणको निर्वाचनमा एमाले नै पहिलो पार्टि हुने नेता गौतमको दाबी

मधुपौडेल,

बाँके,असार,९-

नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले दोस्रो चरणको निर्वाचनमा एमाले नै पहिलो पार्टि हुने दाबी गर्नुभएको छ । प्रेस चौतारीले कोहलपुरमा आयोजना गरेको एक पत्रकार सम्मेलनमा बोल्दै गौतमले एमालेकै नेतृत्वको सरकारले भारतको नाकाबन्दी हटाउन सफल भएकाले तराईवासीले एमालेलाई मतदान गरि न्याय गर्ने बताउनुभएको छ ।

एक छुट्टै प्रशंगमा बोल्दै गौतमले तराईका जनताबाट तिरस्कृत भईसकेको राजपालाई एमालेले ठेक्का लिन नसक्ने बताउनुभएको छ ।उहाँले निर्वाचन आयोग सरकारमुखि भएको आरोप लगाउँदै आयोगले नै आचारसंहिता विपरित कार्यलाई प्रसय दिदै आएको दाबी गर्नु भएको छ ।

निर्वाचन आयोगले चितवन घटनामा गलत निर्णय गरेकाले आफुहरू अदालत गएको र अदालतको आदेश अनुसार रणनिति तय गर्ने तयारीमा रहेकको गौतमले स्पष्ट पार्नुभएको छ