एएफसी कप:त्रिभुवन आर्मीलाई ३-१ को अग्रता(अपडेट)

फाईल तस्विर !!

काठमाडौं,चैत,२५-एएफसी कप-२०२१ प्ले अफमा नेपालको त्रिभुवन आर्मी फुटबल क्लबले अहिले श्रीलंका पुलिस स्पोर्ट्स क्लबसँग प्रतिस्पर्धा गरिरहेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा आर्मीले श्रीलंका पुलिसविरुद्ध २-१ गोलको अग्रता बनाएको छ ।

खेलको २८ औं मिनेटमा इभान्सले गोल गर्दै श्रीलंका पुलिसलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, ४१ औं मिनेटमा सन्तोष तामाङले गोल गर्दै आर्मीलाई १-१ गोलको बराबरीमा ल्याए ।

यस्तै खेलको ४३ औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई २-१ को अग्रता दिलाएका छन् ।अहिले दोस्रो हाप सुरु भएको छ ।दोस्रो हाफको ५० औं मिनेटमा आर्मीका तर्फबाट टंकले गोल गर्दै ३-१ को अग्रता बनाएका हुन् ।