सभापति देउवाद्धारा लौहपुरुष गणेशमानको शालिक अनावरण

बाँके,माघ ११-पूर्व प्रधानमन्त्री एबम नेपाली काँग्रेस पार्टीका सभापति शेरबहादुर देउवाले आज नेपालगन्ज स्थित सुर्खेतमा स्थापित लौहपुरुष गणेशमान सिंहको पूर्ण कदको शालिक आज अनावरण गर्नुभएको छ । सो अवसरमा उहाँले लोकतन्त्रका लागि सिंहले देखाएको बाटामा हिँड्न सके मुलुकको विकास र समृद्धि छिट्टै हुने विश्वास व्यक्त गर्नुभयो ।

संविधान संशोधनले मधेसको भावनाको कदर हुने बताउँदै उहाँले संशोधनका पक्षमा आउन सबै राजनीतिक दललाई आह्वान गर्नुभयो । निर्वाचनमा सबै दल सहभागी हुनुपर्नेमा जोड दिँदै उहाँले संविधानको सफल कार्यान्वयनका लागि निर्वाचन एक मात्र विकल्प हो भन्नुभयो ।

काँग्रेसका नेता एवम् गणेशमानसिंह फाउन्डेसनका अध्यक्ष प्रकाशमान सिंहले नेता गणेशमान सबै नेपालीको साझा सम्पत्ति हुन् भन्नुभयो । जिल्ला अध्यक्ष किरण कोइरालाको सभापतित्वमा भएको समारोहमा सो दलका केन्द्रीय सदस्य किशोरसिंह राठौर, सांसद बादशाह कुर्मी, अञ्जना गुरुङ, सर्वताआलम खान, सञ्जय गौतम र नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य दामोदर आचार्यले पनि राजनीतिज्ञ सिंहको योगदानबारे चर्चा गर्नुभएको थियो ।