बिद्युत चोरी गर्ने ६ जना पक्राउ

बाँके,माघ ११-नेपाल विद्युत प्राधिकरण नेपालगंज वितरण केन्द्रले विद्युत चुहावट नियन्त्रण अभियानलाई तिव्रता दिईको छ । बिद्युत चुहावट हुने क्षेत्रहरुमा प्राधीकरणले साउन महिनादेखि निगरानी बढाउन सुरु गरेको हो ।

सोमबार बिहान वितरण केन्द्रको चुहावट नियन्त्रण अभियान टोलीले बाँकेको बेलहरी र मनिकापुरबाट बिद्युत चोरी गर्ने ६ जनालाई पक्राउ गरेको छ ।

८० हजार जरिमाना गरेर उनीहरुलाई छाडिएके प्राधीकरणले जनाएको छ । बिद्युत चुहावट नियन्त्रणको अभियान थालेसंगै चालु आर्थीक बर्षको हालसम्म १५ लाख रुपैंया राजश्व संकलन भएको नेपाल विद्युत केन्द्र प्राधिकरण नेपालगंज वितरण केन्द्र  प्रमुख उमेश कुमार झाले बताउनुभयो ।