तेन्जीन ल्याड्स कपमा बिहानी एफसी बाट सहभागी हुने खेलाडीहरुको नामावली

फुकुओका,फाल्गुन,३-

जापानको फुकुओकामा फेब्रुअरी १६ तारखि अर्थात भोली फाल्गुन ४ गते शनीबारका दिन फुटसल प्रतीयोगीता हुने भएको छ ।तेन्जीन ल्याड्सले आयोजना गरेको तेस्रो तेन्जीन ल्याड्स कप फुटसल प्रतीयोगीता २०१९ मा १५ टिमले सहभागीता जनाउदै छन् ।

Bihani Fc Fukuoka Japan

उक्त प्रतीयोगीतामा विजयी हुनेलाई २ लाख २२ हजार २ सय २२ जापानीज एेन सहित ट्रफि मेडल पुरस्कार रहेको छ, भने दोस्रो हुनेलाई १ लाख ११ हजार १ सय ११ ऐन र ट्रफि मेडल रहेको छ । 

यस्तै प्रतीयोगीताबाट उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल किप्परलाइ ट्रफि मेडल पुरस्कार रहेको आयोजकले जनाएको छ । खेल शनीबार बिहान १० बजेबाट फुकुओका केनको माचुसिमा खेल मैदानमा संचालन हुनेछ।प्रतीयोगीतामा सहभागी हुने टिमहरुलाई ४ वटा ग्रुपमा टिम विभाजन गरिएको छ । 

उक्त प्रतीयोगीतामा बिहानी एफसी बाट सहभागी हुने खेलाडीहरुको नामावली !!
१. दुर्लभ सारु मगर ( टिम म्यानेजर)
२. राज बोहोरा (टिम क्याप्टेन)
३. प्रभु गुरुङ ( फर्वाड)
४. प्रमोद श्रेष्ठ (फर्वाड)
५. उज्वल क्षेत्री ( मिडफील्डर)
६.विवेक ढकाल ( डिफेण्डर)
७.गौरब राजबहाक ( गोलकिप्पर)
८. बिजय गुरुङ ( मिडफिल्डर)
९. शंकर बराल ( डिफेण्डर)