नायक हरिहरले गरे एक्सिसको शाखा विस्तार

काठमाडौं,बैशाख,०२-
शिक्षा क्षेत्रमा काम गर्दै आएको एक्सप्रेस इन्ट्री एजुकेशनल इन्फर्मेशन सर्भिस (एक्सिस) ले आफ्नो शाखा पुतली सडकमा विस्तार गरेको छ ।

विगत लामो समयदेखि शिक्षा क्षेत्रमा काम गर्दैै आएको सो संस्थाले नयाँ वर्षको अवसरमा आइतबार एक औपचारिक कार्यक्रमका बीच शाखा विस्तार गरेको हो । चलचित्रका नायक तथा युवा ज्योतिष हरिहर अधिकारीले नयाँ शाखाको उद्घाटन गरेका छन् ।


एक्सिसले विदेश अध्ययन, विशेष तयारी कक्षा, वैदेशिक परामर्श, विभिन्न भाषाहरुको पढाई तथा काउन्सिलिङको काम गर्दै आएको छ । विदेश जाने विद्यार्थीहरुका लागि समेत एक्सिसले सहजीकरण गरेको र विभिन्न देशबाट नेपालमा आई पढ्न चाहने विद्यार्थीहरुका लागिसमेत आफूहरुले सेवा दिने गरेको संचालक त्रिभुवन ढकालले जानकारी दिए ।

शाखा विस्तार कार्यक्रममा शिक्षा विद् तथा विभिन्न क्षेत्रका विज्ञहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा आदम कलेजका संचालक शंकर शर्माले शुभकामना दिँदै यस्ता संस्थाहरुले नेपाली विद्यार्थीहरुका लागि नयाँ उद्देश्य र गन्तव्य प्रदान गर्ने बताए ।

उनले विद्यार्थीहरुलाई विदेश पठाउन भन्दा पनि स्वदेशमा गुणस्तरीय शिक्षा प्राप्त गर्ने बाटो सिकाउन यस्ता कम्पनीहरुले उल्लेख्य भूमिका खेलेको भन्दै प्रशंसा गरे । शाखा विस्तार कार्यक्रममा कम्पनीका संचालकहरु तुल्सी पाण्डे, सन्तोष आचार्यलगायतले आफूहरुको पहिलो प्राथमिकता नै विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षाका लागि प्रेरित गर्नु रहेको स्पष्ट पारे ।

युवा ज्योतिष अधिकारीले यसप्रकारका कम्पनीहरुका कारण नेपाली विद्यार्थीहरु बहुआयामिक तथा बौद्धिक बन्नसकेको भन्दै खुसी व्यक्त गरे ।