मेयर राणाले गरे नेपालगन्जमा कागजको झोला बनाउने उद्योगको उद्घघाटन

नेपालगन्ज, बैशाख,३-
नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ मा सञ्चालनमा ल्याएको कागजको झोला बनाउने कम्पनी माझी प्रोडक्सनलाई अाज एक कार्यक्रम गरी नेपालगन्ज उपमहानगरपालिका का मेयर डा- धवल शमशेर राणाले उद्घघाटन गरेका छन् ।

नेपालगन्ज शहरलाई पलाष्टिक मुक्त बनाउने अभियानमा उपमहानगरपालिका लागिरहदा स्थानीय व्यापारी कुमार अधिकारीको टीमले उक्त उद्योग सञ्चालनमा ल्याएको हो ।जसमा सहकार्य मदन भट्ट , दिपक राना लगायतले पनि उक्त उद्योगमा लगानी गरेको माझी प्रोडक्सनका सञ्चालक कुमार अधिकारीले बताए ।

उक्त कार्यक्रममा बोल्दै मेयर राणाले पलाष्टिक मुक्त गराउन चुनौती त छ तर चुनौती भए पनि सबैको साथ र सहयोग पाए सम्भव रहेको बताए । यस्ता किसिमका प्रदुषण युक्त उद्योग , कलकारखाना खोल्नसंग उपमहानगरपालिका सहकार्य गर्न तयार रहेको उनले बताए ।

त्यसै गरी शुभकामना मन्तव्यमा बोल्दे नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य, क्लिन नेपालगन्ज ग्रिन नेपालगन्ज तथा नेपाल चिकित्सक संघ बाँकेका अध्यक्ष डा-बिनोद कर्णले पनि यस्ता उद्योग खोलेर प्रदुषण मुक्त शहर बनाउन लागेकोमा उद्योग सञ्चालकहरुलाई धन्यवाद दिएका थिए ।

अाफुहरुको संघ संस्थाबाट सक्दो सहयोग गर्ने र सबैले गर्नु पर्नेमा बोल्ने वक्ताहरूले जोड दिएका थिए । उक्त कार्यक्रममा विभिन्न उद्योगी , पत्रकार, समाजसेवी , र सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता माझी प्रोडक्सनका प्रोप्राईटर कुमार अधिकारी , प्रमुख अतिथिमा नेपालगन्ज उपमहानगरपालिका का मेयर डा-धवल शमशेर राणा, अतिथिहरुमा उपमेयर उमा थापा, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य, सन लाईफ नेपाल ईन्स्युरेन्स नेपालगन्जका शाखा प्रमुख कमल शाही, उपमहानगरपालिका वडा न १२ का वडा अध्यक्ष बुद्धि सागर सुवेदी , वडा न ३ का वडा अध्यक्ष उज्वल सिंह राठौर, लगायतका रहेका थिए । उक्त कार्यक्रम सञ्चालन शोभा थापा मगरले गरेकी थिईन ।