काठमाण्डौं,चैत,३-भारतमा जारी साफ यू-१८ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज बिहीबार सामना गर्दैछ ।बंगलादेशको
भारतको जमसेदपुरमा नेपालले बलियो टोली बंगलादेशको सामना गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल बेलुका ७:१५ बजे सुरु हुनेछ ।
आज बंगलादेशलाई हराउँदै नेपाल पहिलो जित निकाल्न चाहन्छ । तर, उपाधि दाबेदार बंगलादेशविरुद्ध जित निकाल्न नेपाललाई सहज छैन । बंगलादेश पनि नेपाललाई हराएर सुखद सुरुआत गर्न चाहन्छ ।
पहिलो खेलमा नेपाल आयोजक भारतसँग ७-० गोल अन्तरले पराजित भएको थियो।
डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको छ ।
यस्तै नेपालले तेसो खेलमा मार्चमा २१ मा फेरि भारतसँग खेल्दा नेपालले मार्च २३ मा बंगलादेशसँग खेल्नेछ ।शीर्ष टोलीले उपाधि जित्नेछ ।