‘बी’ डिभिजन लिग : आज खुमलटार र ब्वाइज युनियन भिड्दै

काठमाडौं,फागुन,१९-सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा नयाँबस्ती युवा क्लब र टुसाल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।नयाँबस्ती र टुसालबीचको खेल अपरान्ह १२:१५ बजे सुरु हुनेछ ।

नयाँबस्ती आज टुसाललाई हराएर लिगको शीर्ष पाँच भित्र उक्लन चाहन्छ ।नयाँबस्ती ८ खेलमा ११ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

टुसाल ८ खेलमा ८ अंक जोडेर सातौं स्थानमा रहेको छ ।अर्को खेलमा उपाधि दाबेदार खुमलटार युथ क्लबले ब्वाइज युनियन क्लबसँग खेल्नेछ ।

खुमलटार र ब्वाइजबीचको खेल दिउँसो ३:३० बजे सुरु हुनेछ ।उपाधि दाबेदार खुमलटार ब्वाइजलाई हराएर शीर्ष स्थानको सातदोबाटोसँग अंक बराबरी गर्न चाहन्छ ।

खुमलटार ८ खेलमा १९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।सातदोबाटोको २२ अंक रहेको छ ।ब्वाइज १४ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।