एसईईको नतिजा आज सार्वजनिक हुँदै

(नतिजा कसरी हेर्ने सबै तरीका पढ्नुहोस )

नरेश खड्का,

दाङ,असार,२-

राष्ट्रिय परीक्षा वोर्ड सानोठिमीले माध्यामिक शिक्षा परीक्षा, सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ ।

एसईईका परीक्षार्थीको नतिजा सार्वजनिक गर्न डाटा इन्ट्री गर्ने, रुजु गर्नेलगायत अधिकांश काम सकिएको र परीक्षा सार्वजनिक गर्न अहिले आठ बजे बोर्ड बैठक बोलाइएकोे परीक्षा नियन्त्रक अम्बिका रेग्मीले जानकारी दिनुभयो । बोर्ड बैठक सकिएलगत्तै बिहान १० बजेसम्ममा परीक्षाफल सार्वजनिक गर्ने तयारी रहेको उहाँले जानकारी दिनुभयो ।

संशोधित शिक्षा ऐनअनुसार कक्षा १२ सम्म माध्यामिक शिक्षा कायम भएपछि यस वर्षदेखि लागू भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को यो पहिलो नतिजा हुनेछ । परीक्षामा देशभरबाट दुई लाख ५९ हजार ७ सय ३२ छात्र र दुई लाख ७८ हजार ४ सय ५० छात्रा गरी कूल पाँच लाख ३८ हजार १८२ परीक्षार्थी सहभागी भएका थिए ।

नतिजा हेर्ने  तरिका ।

परीक्षा नियन्त्रण कार्यलयले यस बर्षको एसइई परीक्षाको नतिजा website, sms र IVR बाट पनि प्रकाशित गर्ने भएको छ । नेपाल टेलिकमको IVR सेवाको सटकोड १६०० मा फोन गर्ने, अथवा आफ्नो सिम्बोल नम्बर थिचेर एनसेल प्रा. ली. तथा नेपाल टेलिकमको सटकोड १६०० मा sms पठाउने ।

शिक्षा मन्त्रालय सिंहदरवार काठमाडौं www.moe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुर www.doe.gov.np, परिक्षा नियन्त्रण कार्यलय सानोठिमी भक्तपुर www.soce.np, राष्ट्रिय परिक्षा वोर्ड सानोठिमी भक्तपुर www.neb.gov.np मा पनि हेर्न सकिन्छ ।