
परीक्षण खोप लिएका एक व्यक्ति अचानक बिरामी परेपछि परीक्षण राेकिएकाे एस्ट्राजेनेकाले जनाएकाे छ। ती व्यक्ति किन बिरामी भए र उनकाे समस्या के हाे, पत्ता लागिसकेकाे छैन। याे घटनाले अचम्मित तुल्याएकाे एस्ट्राजेनेकाले जनाएकाे छ।
अहिले तेस्रो चरणको परीक्षण चलिरहेको छ।अक्सफोर्ड विश्वविद्यालयले विकास गरेकाे खोपप्रति विश्वकै ध्यान केन्द्रित भइरहेको छ।सबैभन्दा पहिले यही खोप बजारमा आउने अपेक्षा पनि गरिएको थियो। विश्वका झन्डै दर्जन ठाउँमा यो खोपको परीक्षण भइरहेको छ।
बीबीसी मेडिकल सम्पादक फर्गस वल्सका अनुसार अक्सफोर्डले सबै ठाउँको खोप परीक्षण स्थगन गरेको छ।अब एउटा स्वतन्त्र अनुसन्धान गरी खोपको सुरक्षा र प्रभावकारिताबारे समीक्षा गरिनेछि र त्यसपछि नियामक निकायले फेरि परीक्षण थाल्ने वा नथाल्ने निर्णय गर्नेछ।
अक्सफोर्ड विश्वविद्यालयका प्रवक्ताले ठूलो मात्राको परीक्षण भइरहका बेला एक सहभागी बिरामी परेको घटनाले शंका उत्पन्न गराएको उल्लेख गर्दै यसको वास्तविकता पत्ता लगाउन स्वतन्त्र ढंगले पुनःपरीक्षणको आवश्यकता देखिएको बताएका छन्। बीबीसी