चीन सीमा नजिक भारतीय सैनिक बिमान दुर्घटना,७ जनाकाे मृत्यु

नयाँ दिल्ली, असोज,२०-

भारतीय एयरफाेर्सकाे हेलिकप्टर दुर्घटना हुँदा ७ जना सैनिकको मृत्यु भएकाे छ । यसमा दुई वायु सेनाका अधिकारी सहित छ जनाको मृत्यु भएकाे भारतीय संचार माध्यमले जनाएका छन् ।

आज बिहान भारत–चीन सीमा नजिकै सेनाका लागि आवश्यक सामान लिएर गइरहेको अवस्थामाएयरफोर्सको हेलिकोप्टर अरुणाचल प्रदेशको तवांग भन्ने स्थानमा दुर्घटना भएको समाचारमा उल्लेख छ।

वायुसेनाका प्रमुख बीएस धनाेअाले शान्तिकाे समयमा सेनाका जवानकाे मृत्यु हुनु दुःखदायी भएकाे बताएका छन् । भारतीय वायु सेनाको एमआई–१७ भी५ हेलिकोप्टर रसियामा बनेको तथा भारतीय सेनाको ब्याक बोनको रुपमा लिइएको थियो ।