अर्जेन्टिनालाई लाग्यो विश्वकप खेल्ने ठुलो झट्का

एजेन्सी,असोज,२०-

आज बिहान भएको विश्वकप छनोट खेलमा अर्जेन्टिना पेरुसँग गोलरहित बराबरी खेल खेलेको छ । यो बराबरीसँगै अर्जेन्टिना विश्वकप खेल्ने सम्भावनामा ठुलो झट्का लागेको छ ।

चौथो स्थानमा रहेको पेरुले छैठौ स्थानमा रहेको अर्जेन्टिनालाई बराबरीमा रोक्न सफल भएको हो ।

लियोनल मेस्सीले हानेको प्रहार बारमा लाग्यो भने अर्जेन्टिनाका लागि कुनै जादु भने गर्न सकेनन् । विश्वकप छनोट खेलका लागि जित्नै पर्ने बाध्यता रहेको अर्जेन्टिनालाई यो बराबरी खेलले ठुलो झट्का लागेको हो ।

अब अर्जेन्टिनाले अन्तिम खेल इक्वेडरसँग खेल्न बाँकी रहेको छ । उक्त खेल जितेमा प्ले अफ खेल्ने स्थान बनाउन सक्ने झिनो सम्भावना रहेको छ ।

उता चिलीले इक्वेडरलाई २-१ गोलले पराजित गरेको छ । चिलीका लागि भर्गास र सान्चेजले गोल गरेका थिए भने इक्वेडरका लागि रोमारियोले गोल गरेका थिए ।