प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

काठमाडौं,जेठ,१३-प्रधानमन्त्री केपी ओलीले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक बोलाउनु भएको छ ।

प्रधानमन्त्री ओलीले कोभिड १९ महामारी रोकथाम र नियन्त्रण तथा संविधान संशोधनको विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्नुभएको हो ।

बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ ।बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरुलाई बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सञ्चारमाध्यमहरुलाई जानकारी दिनुभयो ।