सुनौलो हजार दिनका आमा तथा बच्चालाई लक्षित गरि तालिम संचालन

सिर्जना बर्देवा/
ओखलढुंगा पौष २-
मोलुङ्ग गाउपालिका ८ रागदिप ओखलढुंगामा पोषिलो जाउलो बनाउने तालिम सम्पन्न भएको छ । सुनौलो हजार दिनको आमा तथा बच्चाहरुलाई लक्षित गरि उक्त तालिम संचालन गरिएको हो ।

युएसए आईडी र सेब द चिल्डेनको आर्थिक सहयोग तथा ग्रामीण बिकास मञ्च फोर्ड नेपाल सवल परियोजना द्धारा संचालित सवल कार्यक्रमले तालिम संचालन गरेको सामाजिक परिचालिका डम्बर कुमारी मगरले बताउनु भयो ।

सुनौलो हजार दिनका आमा तथा बच्चाको स्वास्थ्य अबस्थामा सुधार ल्याउने उदेश्यले तालिम संचालन गरिएको परिचालिका मगरले जानकारी दिनुभएको छ ।