युवा जागरण अभियान तेस्रो राष्ट्रिय दिवस आज कञ्चनपुरमा मनाईदै

होम योगी
 कञ्चनपुर,फागुन २०-
समुदायमा आधारित चोरि शिकारी नियन्त्रण युवा जागरण अभियान तेस्रो राष्ट्रिय दिवस आज कञ्चनपुरमा मनाईने भएको छ । संरक्षणको आधार : युवाको आवाज  भन्ने नाराका साथ युवा जागरण अभियान भोली शुँक्लाफाटा राष्ट्रिय निकुञ्ज  परिसर कञ्चनपुरमा मनाइने भएको हो । जैविक विविधताको संरक्षणमाा स्वतःस्फुर्त संगठित युवाहरुको अभियानका रुपमा लिइएको यो अभियानलाई सरकारले  उच्च मुल्याङकन गर्दै प्रत्येक वर्ष मार्च ३ तारिखका दिन मनाउदै आएको छ ।

पहिलो राष्ट्रिय कार्यक्रम चितवन र दोस्रो बर्दिया राष्ट्रिय निकुञ्जमा मनाइएको तेस्रो राष्ट्रिय कार्यक्रम शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा मनाईन लागेको हो । शँुक्लाफाटा वन्यजन्तु आरक्ष राष्ट्रिय निकुञ्जमा रुपान्तरण भए पछि पहिलो पटक हुन लागेको सो राष्ट्रिय कार्यक्रमका बारेमा आज महेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिइएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै शुँक्लाफाटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले संरक्षणमा जनसहभागिताको संलग्नताका कारण नेपालको प्रायः वन तथा संरक्षित क्षेत्रहरुमा समुदायमा आधारित चोरि शिकार नियन्त्रण युवा जागरण अभियानले संकटापन्न वन्यजन्तुहरुको संरक्षण एवं जैविक विविधतामा पारेको सकारात्मक प्रभावले नेपाल अन्तराष्ट्रिय जगतमा समेत प्रतिष्ठित भएको बताउनुभयो ।

त्यस्तै उहाँले वन पैदावारको अवैध चोरी निकासी, वन्यजन्तुहरुको आोखेटोपहार ओसार–पसार एवंमानव र द्धन्द्ध संरक्षण कार्यमा चुनौतीका रुपमा रहेको छ । प्रमुख संरक्षण अधिकृत ढकालले द्धन्द्ध संरक्षणमा रहेका चुनौती  सामनाका लागि कानुन, नीति नियमले मात्र सम्भव नभएकाले संरक्षणकर्मी सरोकारवाला निकायहरु, स्थानीय जनसमुदाय, र समुदायमा आधारीत युवा जागरण अभियान सहितको सामुहीक योगदान अपरिहार्य रहेको बताउनुभयो । सरकारको एकल प्रयासबाट जैविक विविधता तथा दुर्लभ वन्यजन्तुको दिगो संरक्षण सम्भव नभएकाले स्थानीय समुदायको सहयोग अपरिहार्य रहेको प्रमुख संरक्षण अधिकृत ढकालको भनाई रहेको थियो ।