बैतडीमा ३ जना म्यादी प्रहरीलाई बरखास्त

मदिरा सेवन गरेर अनुशासन विपरीत काम गरेसी कार्बाही

होम योगी,

बैतडी, जेठ,३१-

मदिरा सेवन गरेर अनुशासन विपरीत काम गरेको भन्दै बैतडीमा ३ जना म्यादी प्रहरीलाई बरखास्त गरिएको छ ।

बरखास्त हुनेमा बैतडीको सूर्नया गाउँपालिकाका रामसिंह महरा, नरेन्द्र सिंह ऐरी र धर्म बहादुर मडै रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरिक्षक हेरम्ब शर्माले बताए ।

उनीहरुले आवासगृहमा राति मदिरा सेवन गरेर प्रहरी अनुशासन विपरीतको काम गरेकाले बर्खास्त गरिएको उनले बताए ।

स्थानीय निर्वाचनका लागि बैतडीमा ७ सय १७ जना म्यादी प्रहरी छनोट गरिएको छ ।