वृद्धाश्राममा निःशुल्क स्वास्थ चेकजाच गर्दै डाक्टर कर्ण

नेपालगन्ज,मंसिर,१६-
बाँके क्षेत्र नम्बर २ ख मा विवेकशिल साझ पार्टीको तर्फबाट प्रदेश सभाका उम्मेदवार रहेका डाक्टर विनोद कर्णले नेपालगन्जको निलसागर बृद्धाश्राममा रहेका विरामीहरुलाई निःशुल्क चेकजाँच गर्नुभएको छ ।

क्लिन नेपालगन्ज, ग्रिन नेपालगन्जका सम्योजक समेत रहेका डाक्टर कर्ण सहितको टोलीले आज नेपालगन्ज उपमहानगरपालिकास्थित आँखा अस्पताल रोड र निलसागर बृद्धाश्रामको सरसफाई गरी वृद्ध वृद्धालाई फलफुल समेत वितरण गरेको छ ।

विवेक साझा पार्टीका उम्मेदवार : डाक्टर विनोद कर्ण (बिरामी चेकजाँच गर्दै )

उम्मेदवार डाक्टर कर्णले नै सुरुवात गरेको प्रत्येक शनिवारे सरफाईन अभियान अन्तर्गत ६७ औं अंकमा विहानको समयमा घरदैलोलाई स्थगित गरी फुलटेक्रामा सरसफाई गरिएको हो । निजी क्षेत्रबाट नेपालगन्जमै पहिलो पटक यति लामो समयसम्म सरसफाईको नेतृत्व गरेका प्लास्टिक सर्जन डाक्टर कर्णको अभियानलाई नेपालगन्जका थुप्रै संस्थाहरुले साथ दिएका छन ।

आज नै निलसागर बृद्धाश्रमका बृद्धबृद्धाहरुलाई खानाको व्यवस्था समेत क्लिन नेपालगन्ज, ग्रिन नेपालगन्जले गरेको संयोजक कर्णले वताउनुभयो । मोहम्मद डेका अवसरमा डाक्टर कर्णले आज फलफुल वितरण समेत गरेका छन ।