कोहलपुर नगरपालिका १ मा एमालेको पुरै प्यानल विजय

कोहलपुर,असार,१६-

बाँकेको कोहलपुर नगरपालिका वडा नं. १ मा नेकपा एमालेको पुरै प्यानल विजय भएको छ । नेकपा एमालेबाट वडा अध्यक्षमा गोपिलाल खनाल ५ सय ९ मत ल्याएर विजय भएको छन् ।

त्यस्तै महिला सदस्यमा चेतना शाही ४ सय ६३, दलित महिला सदस्यमा दिलमाया सुनार ४ सय ७५, खुल्ला सदस्यमा ४ सय ६६ र खुल्ला सदस्यमा ४ सय ४७ मत प्राप्त गरेका छन् ।

वडा नं. १ मा एमालेका मेयरका उम्मेदवार लुटबहादुर रावतले ४२७ मत ल्याएर अग्रस्थानमा छन् । भने, एमालेका उपमेयरका उम्मेदवार कृष्णाकुमारी चौधरीले ४५० ल्याएकी छन् ।

मेयरमा नेपाली कांग्रेसका भानुभक्त भट्टराईले ३५३, उपमेयरमा सन्जु थारुले ३२९ र माओवादी केन्द्रका मेयरका उम्मेदवार नरेन्द्र न्यौपानेले ३८७ र उपमेयरका उम्मेदवार देवीकुमारी चौधरीले ३४१ मत ल्याएकी छन् ।