जुम्लाका दुई बस्ती छाउगोठमुक्त

जुम्ला,पुस,५-

तिला गाउँपालिकाका दुई बस्ती जुम्ला जिल्लाकै पहिलो छाउगोठ मुक्त घोषणा भएका छन् । छाउगोठ मुक्त घोषणा भएका बस्तीमा यो गाउँपालिकाका वडा नं ३ को जोगीवाडा र वडा नं ४ को रावतवाडा गाउँ हुन् ।

३५ घरधुरी रहेको ४ नं वडाको रावतवाडामा सोमबार आयोजित घोषणा कार्यक्रमको उद्घाटन निमित्त प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापा र ६१ घरधुरी रहेको ३ नं वडाको जोगीवाडामा छाउगोठ मुक्त घोषणा कार्यक्रम तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले उद्घाटन गरे ।

घोषणा कार्यक्रमको उद्घाटन गर्दै निमित्त प्रमुख जिल्ला अधिकारी बुढ्थापाले कुसंस्कारले जरा गाडेको छुई प्रथा अन्त्यको घोषणा गर्ने बस्तीका नागरिक, त्यसको पहलकर्ता गाउँपालिका र सहयोगी निकायलाई धन्यवाद ज्ञापन गरे । आजको हिमालय टाइम्समा खबर छ ।