स्थानीय तह-कामै नगरी सकियो आधा वर्ष

काठमाण्डौ.,पुस,५-

लामो समयदेखि जनप्रतिनिधिविहीन रहेका स्थानीय तहले ६ महिनाअघि नेतृत्व पाए । यसअघि कर्मचारीका भरमा मात्र चलेकाले विकासका काम हुन नसकेको गुनासो व्यापक थियो ।

तर, प्रतिनिधि आउँदा पनि सर्वसाधारणलाई प्रत्यक्ष राहत पुग्ने खालका काम भएको देखिँदैन । कतिपय स्थानमा दलबीच विवादका कारण नियमित कामै अघि बढ्न सकेको छैन । विवाद र प्रतिनिधिबीच बेमेलले गाउँरनगरपरिषद्समेत हुन सकेको छैन ।

दलीय दम्भको चेपुवा
झापाको गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिका ‘दलीय दम्भ’ का कारण अनिर्णयको बन्दी बनेका छन् । नगररगाउँ परिषद्सम्म हुन सकेको छैन । दुवै तहमा नेतृत्व र बहुमत भिन्नाभिन्नै दलको छ । गौरादह नगर प्रमुखमा कांग्रेसका रोहितकुमार साह छन् ।

९ वडा रहेको नगरमा उपमेयरसहित बहुमत सदस्य एमालेका छन् । गौरीगञ्जको अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका बाबुराजा श्रेष्ठ छन् । ६ वडा रहेको गाउँपालिकामा उपाध्यक्षसहित बहुमत सदस्य कांग्रेसका छन् । आजको कान्तिपुरमा खबर छ ।