पुर्बी रुकुममा सुरक्षा योजना भन्दा दोब्बर सुरक्षाकर्मी परिचालन

मेगराज खड्का
रुकुम,असार,१४-
प्रदेश नम्बर ६ मा पर्ने रुकुमका ६ स्थानीय तहमा पहिलो चरणमा सम्पन्न भएपनि प्रदेश नम्बर ५ मा पर्ने रुकुमका ३ वटा स्थानीय तहमा दोस्रो चरणको निर्बाचन भोली असार १४ गते हुदैन ।

निर्बाचनका लागि सम्पुर्ण कर्मचारीहरु मतदान स्थलमा पुगिसकेको जिल्ला निर्बाचन कार्यालय रुकुमले जानकारी दिएको छ ।

सदरमुकाम खलंगा भन्दा दुर्गम क्षेत्रमा पर्ने रुकुमका ३ गाउँपालिकाको शान्ति सुरक्षाका लागि सुरक्षा ब्यवस्था कडा पारिएको छ ।

सदरमुकाम खलंगामा एक कार्यक्रमको आयोजना गरि सम्पुर्ण तयारी पुरा भएको र ढुक्क संग मतदान गर्न मतदाताहरुलाई आग्रह गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी नायब उपरिक्षक अंगुर जिसीले जिल्ला, क्षेत्र र केन्द्रिय सुरक्षा योजना भन्दा दोब्बर सुरक्षाकर्मी खटाईएको जानकारी दिए। जिल्ला सुरक्षा योजनामा एउटा मतदान केन्द्रमा ३ जना सम्म सुरक्षाकर्मी खटाउने योजना भएपनि रुकुममा संबेदनशिलतालाई हेरेर आधा दर्जन सुरक्षाकर्मी खटाइएको जानकारी दिए ।

मुख्य निर्बाचन अधिकृतको कार्यालय अनुसार रुकुमको सिस्ने गाउँपालिकामा अध्यक्षका लागि ७ दलले, भुमे गाउँपालिकामा ५ दल र एक स्वतन्त्र र पुथाउत्तरगंगा गाउँपालिकामा ३ दलले उम्मेदवारी दर्ता गराएका छन ।

२४ हजार ४ सय ८१ कुद मतदाता रहेको पुर्बी रुकुममा ३८ वटा मतदान स्थलहरु रहेका छन ।