नेपालमा कोरोना संक्रमितको संख्या १ हजार २ सय १२ पुग्यो

काठमाडौं,जेठ,१६-नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या एक हजार २१२ पुगेको छ । पछिल्लो २४ घन्टामा १७० जना नयाँ संक्रमित थपिएका हुन् ।

शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप १७० जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

२ सय ६ जना निको भएर घर फर्किएको डा. देवकोटाले जानकारी दिनुभयो। एक हजार जना आइसालेसनमा रहेका छन् ।अहिलेसम्म पिसिआर प्रविधिबाट ६४ हजार १५४ जना, आरडिटीबाट १ लाख ५ हजार ४७८ जनाको परीक्षण गरिएको छ । क्वारेन्टिनमा ९९ हजार ३३६ जना रहेका छन् ।