बिसु मनाउन घर फर्कदै नेपाली

इन्द्र कार्की
/महेन्द्रनगर,३०,चैत     नयाँ वर्षको आगमन संगै रोजगारीका लागि भारत पसेका नेपालीहरुको घर आवागमनमा पनि वृद्धि भएको छ । पश्चिम तराईको मुख्य सिमा नाका गड्डाचौकी भएर नेपाल प्रवेश गर्ने नेपालीहरुको संख्या उल्लेख्य रुपमा रहेको देखिन्छ । भारतका विभिन्न प्रदेशहरुमा रोजगारीको लागि गएका नेपालीहरु बिसु पर्व मनाउन घर फर्किन लागेका हुन् । सात नम्वर प्रदेशमा नयाँ वर्षलाई बिसु पर्वका रुपमा मनाउने चलन रहेको छ । गाउँघरमा रोजगारीका अवसर नहुँदा पहाडी तथा तराई क्षेत्रका नेपाली भारत पस्ने गरेका छन् ।

लामो समय भारतको बैङलोरमा रोजगारी गरि घर फर्कन लागेका जोगबुुढा डडेल्धुराका हरिराम भट्ट ले बिसु पर्व मनाउन घर फर्केको बताए । छोटो तथा लामो समयका लागि प्रदेशिएका नेपालीहरु चाडपर्वका लागि घर फर्कन लागेका हुन् । अधिकांस स्थानिय खेतीपातीमा निर्भर रहने भएकाले बाँकी समयमा रोजगारीको लागि छिमेकी भारत पस्ने गर्दछन् ।

सात नम्वरका पहाडि जिल्ला डडेल्धुरा,बैतडी,दार्चुला,अछाम बझाङ्ग,डोटी, बाजुरा लगायत प्रदेश नं. ५ र ६ का स्थानियहरु समेत यस नाका भएर घर फर्कने गर्दछन । घर फर्कने नेपालीहरुले गर्दा सिमा नाकामा भिडभाड हुने गर्दछ ।

घर फर्कने नेपालीहरुको चाप बढे संगै महेन्द्रनगर वसपार्क देखि विभिन्न पहाडि गन्तव्यहरुका लागि चल्ने सवारी साधनहरुमा समेत यात्रुहरुको चाप वढेको छ । बिसुका लागि घर फर्कनेहरुको संख्या बढेसंगै यात्रुहरुको चाप बढेको यातायात व्यवसायीहरुले वताएका छन् ।