बिहानी अनलाईनका सिईओ दिपेन्द्र सारु मगरको २६औं जन्म उत्सव आज

जन्म उत्सव र नयाँ वर्ष एकै पटक जापानमा मनाईने

जापान,चैत्र,३०-

बिहानी अनलाईनका सिईओ दिपेन्द्र सारु मगर

यस बिहानी अनलाईनका सिईओ दिपेन्द्र सारु मगरको आज (शुक्रबार) का दिन जन्म उत्सव मनाईने भएको छ । 

वि.सं २०४८ सालमा आमा हरिकला सारु मगर र बुवा तिलक सारु मगरको पहिलो सन्तानको रुपमा जन्मीनु भएका उहाँले आज आफ्नो २६ औं जन्म उत्सव जापानको फुकुओका शहरको कित्ताक्यूशु भन्ने स्थानमा अहिले आफू बस्दै आएको निवासमा एक रात्रीभोज कार्यक्रमको आयोजना गरी मनाउन लाग्नु भएको हो ।

उहाँले जन्मदिनको रात्रीभोज कार्यक्रममा नजीकहुने आफ्ना सम्पुर्ण साथीभाई र शुभेच्छुक मित्रलाई निमन्त्रणा गर्नु भएको छ । कार्यक्रम रातीको को करिब १२ बजे केक काटी सुरु हुनेछ । 

कार्यक्रममा नेपालका विभिन्न करिबपन २५ वटा  जिल्लाबाट बिद्यार्थी भिषामा जापान गएका बिद्यार्थीहरुको सहभागीता रहने छ ।

साथै आज रातीबाट नयाँ वर्ष २०७५ साल शुरु हुने भएकाले नयाँ वर्ष पनी केक काटे लगत्तै एक आपसमा शुभकामना आदान प्रदान गरी मनाईन लागेको हो ।

सो अवसरमा बिहानी अनलाईनका सिईओ दिपेन्द्र सारु मगरले नयाँ वर्ष २०७५ को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली आमाबुवा दाजुभाई तथा दिदीबहिनीहरुमा नयाँ उत्साह र उमङ्गसहित सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, भातृत्व, एकता एवम् समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ ।